बाराको बादल एफएम बन्द


काठमाडौं २ आश्विन । रौतहटको कोहिनुर एफएम बन्द गराउने विषय सेलाउन नपाउँदै शनिबार बाराको रेडियो बादल बन्द गराइएको छ ।
बाराबाट हुलाकी न्यूजसहकर्मी संजय तिवारीले दिएको जनकारीअनुसार शनिबार साँझबाट रेडियो बादल बन्द गराइएको हो ।
जारी आन्दोलनका विषयमा निरन्तर समाचार तथा विचार प्रशारण गरिरहेको उक्त रेडियो बन्द गराइएको तिवारीले बताए ।
रेडियोका सञ्चालक नुरआलम बादशाहका अनुसार बाराको सिम्रौनगढमा रहेको रेडियो बादलले मधेश आन्दोलनको समाचार बजाएको र कार्यक्रम चलाएको भन्दै सीडीयोको आदेशमा सशस्त्र प्रहरी बेश क्याम्पका ईन्स्पेक्टरको नेतृत्वमा रहेको करिब ६० जना प्रहरिको समूहले रेडियो बन्द गराएको हो ।
बादशाहका अनुसार सीडीओले भोली कार्यालयमा हाजिर हुन निर्देशनसमेत दिएको छ ।
यसअघि कैलालीमा गैरमधेशी समुदायले रेशम चौधरीको फुलवारी एफएम जलाएको छ ।