पत्रकार दुरव्यवहारको घटनाको विरोध 

मिति ः २०७२ असोज ४ गते
मोरगं प्रहरीले सोमवार विराटनगरमा पत्रकारलाई दुब्र्यबहार गरेको घटना प्रति मेरो गम्भिर ध्यानाक्रर्षण भएको छ । विराटनगरको रोडशेष चौकमा प्रहरी र प्रर्दसनकारीबीचको झडपको फोटो खिच्ने क्रममा वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी निरिक्षक सुरेन्द्र श्रेष्ठको नेतृत्वको प्रहरीले कान्तिपुरको मोरग संवाददाता अवधेशकुमार झा सहितका आधा दर्जन पत्रकारलाई दुब्यर्बहार गरेर प्रहरीले आफ्नो पेशा मर्याया विपरीत काम गरेको र डरुवा तथा हरुवा मानसिकताबाट प्रेरीत भएर धम्कि र क्यामेरा तोडफोड गरेकाले सो घटनाको निन्दा गर्दछु । प्रहरीको लाठीचार्जवाट प्रर्दसनकारी तितरबितर भएपछि प्रहरी पत्रकारमाथी जाइलागेर आफ्नो कम्जोरी लुकाउन र शान्तिपुर्ण अवस्थामा प्रहरीले कान्तिपुर संवाददाता झामाथी बन्दुक तेर्साउदै फोटो नखिच्न धम्कयाएका थिए । आफु पत्रकार भएको र कार्ड देखाउदा समेत प्रहरीले पत्रकार सत्रकार जान्दिन भन्दै तथानाम गाली गरेर प्रहरीले बर्दि र बन्दु अनि नेपाली जनताको करबाट खाएको तलव रासनको समेत खिल्लि उडाएको मेरो ठम्याई रहेको छ । सो क्रममा पत्रकार श्यामसुन्दर सुतिहारको क्यामेरा खोसी खिचिएका फोटोहरू डिलिट गरेको , केही बेर पछि त्यहा पुगेका एभिन्युजका संबाददाता प्रतिक श्रेष्ठलाइ पनि प्रहरीले लाठी प्रहार गर्न खोजेको , क्यामेरा समेत फुटाउन खोजेकाले पत्रकारले प्रतिवाद गरेपछि प्रहरी पछि हटेको थियो । यस्तै प्रहरीले रोडशेष चौकको पुर्व पटी छेउमा रहेको पत्रकार अविनास निधीको मोटरसाइकल समेत कब्जामा लिएर तोडफोड गर्न खोजेपछि पत्रकारहरूले विरोध जनाएका थिए ।