मधेश आन्दोलनमा पत्रकारमाथि दुव्र्यवहारबारे विज्ञप्ति

1 maj

मितिः २०७२ भदौ ८ गते ।
प्रेस विज्ञप्ती
मधेशी तथा थारु समुदायले आफ्नो अधिकारका लागि गरिरहेको शान्तिपूर्ण आन्दोलनको रिर्पोटिङ्गं गर्न गएका पत्रकारमाथि प्रहरी तथा आन्दोलनकारीबाट ठाउँ ठाउँमा दुरव्यवहार तथा सञ्चारगृहमाथि भएको आगजनीप्रति यस मधेशी पत्रकार संघको गम्भीर ध्यानाकर्षण भएको छ । हिजो साँझ नेपालगञ्जको त्रिभुवन चोकमा प्रहरीले एक बालकलाई नियन्त्रणमा लिइरहेकोलाई तस्वीर खिच्न पुगेका तथा भेरी एफएमका आरिफ अन्सारी, पत्रकार सुभाष गुप्ता र न्यूज यथार्थ साप्ताहिकका आशिष गुप्तालगायतका पत्रकारलाई दुव्यवहार गर्नुको साथै कैलालीको टीकापुरमा रहेको फुलवारी एफएममा एक समूहले आगजनी गरेको सूचना प्राप्त भएको छ । यी घटनाहरुप्रति संघले घोर भत्र्सना गर्दै घटनाको छानविन गरी दोषीमाथि कडाभन्दा कडा कारवाहीको माग गर्दछ । साथै, यो संक्रमणकालमा पत्रकार अचारसहिंतालाई मनन गर्दै समाचार संम्प्रेशन गर्न पनि पत्रकारहरुलाई संघले आग्रह गर्दछ ।

महासचिव
सुरेशकुमार यादव