राम शर्राफलाई धम्काएको प्रति ध्यानाकर्षण गर्दै विज्ञप्ति

press

२०७२ साउन ३२ गते
प्रेस विज्ञप्ति

द हिमालयन टाइम्सका वीरगञ्ज समाचारदाता राम शर्राफलाई ज्यान मार्ने धम्की आएको प्रति यस मधेशी पत्रकार संघको ध्यानाकर्षण भएको छ । समाचार किन लेखेको बारेमा विदेशी नम्बरबाट फोन गरि पत्रकार सर्राफलाइ ज्यान मार्ने धमकी आएको सुचना प्राप्त भएको छ । समाचार लेखेकै भरमा कसैलाई धम्काउन पाउँदैन । समाचारमा चित्त नबुझे उजुरी गर्ने ठाउँ प्रेस काउन्सिल लगायतका ठाउँहरु हुँदा हुँदै यसरी धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी क्रियाकलाप भएको ठहर संघले गरेको छ । साथै ज्यान मार्ने धम्की दिने घटनालाई छानविना गरी दोषीमाथि कारवाही गरी पत्रकारको सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग जोडदार माग गर्दछौ ।

महासचिव
सुरेशकुमार यादव