हाम्रो टोल फ्रि नम्बर हो ९८०१५७१००७

मधेशी पत्रकार संघले पत्रकारको हतहितको लागि टोल फ्रि नम्बर सार्वजनिक गरेको छ । जहाँबाट पनि फोन गर्दा पैसा नलाग्ने यो टोल फ्रिको उद्घाटन नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले गर्नुभयो । कार्यक्रममा युनेस्कोका प्रतिनिधि लक्ष्मण दत्त, प्रेस काउन्सिलका अध्यक्ष बोणीबहादुर कार्की, महासंघका अध्यक्ष एवं संघका सल्लाहकार धर्मेन्द्र कर्णलगायतको उपस्थिति थियो ।
हाम्रो टोल फ्रि नम्बर हो ९८०१५७१००७ । यसमा फोन गरेर तपाई आफ्नो समस्या र गुनासो टिपाउन सक्नु हुन्छ । सम्बन्धित ठाउँमा पुर्याएर यसको समस्या समाधान गर्ने हाम्रो प्रतिवद्धता हो ।