आदिवासी जनजाति तथा बुद्धिजिवीसँग राय सुझाव

असार १६ गते मधेशी पत्रकार संघले संविधानसभामा मस्यौदा पेश भएपछि मधेशी तथा जनजाती बुद्धिजीविहरुसँग त्यसको बारेमा राय सुझाव लिनका लागि एक कार्यक्रमको आयोजना गरको थियो । जुन कार्यक्रममा बुद्धिजिवी जय निशान्त, विजयकान्त कर्ण, अधिवक्ता सुरेन्द्र महतो, आदिवासी जनजातिका बुद्धिजिवी ओम गुरुगंलगायतको उपस्थिति थियो । कार्यक्रममा बोल्ने उनीहरुले यो मस्यौदालार्य जनताले कुनै पनि हालतमा स्वीकार गदैन भनि भनेका थिए ।
उनीहरुले मस्यौदा अन्तरिम सविधानको धारा १३८ को विपरित आएको दाबी गर्दै त्यसलाई जनताले स्वीकार नगर्ने दाबी गरेका हुन् ।
सविधानको प्रारम्भिक मस्यौदाको बारेमा मधेशी पत्रकार संघले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएशनका पूर्व उपाध्यक्ष एवं सर्वोच्च अदालतका अधिवक्ता सुरेन्द्र महतोले सविधानसभामा पेस गरिएको सविधानको प्रारम्भिर मस्यौदा अवैधानिक रहेको बताए ।